राजनीति


‘अमेरिकी सेना मार्न रुसद्वारा अफगान विद्रोहीलाई मोटो रकम प्रस्ताव’

‘अमेरिकी सेना मार्न रुसद्वारा अफगान विद्रोहीलाई मोटो रकम प्रस्ताव’

नेपालखबर
असार १३, २०७७ शनिबार ९:७,

रुसले अफगानिस्तानका विद्रोहीलाई पैसाको प्रस्ताव गरेर अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाहरु मार्न लगाएको अमेरिकी गुप्तचरहरुको निष्कर्ष रहेको न्युयोर्क टाइम्सले जनाएको छ।

सन् २०१९ मा अफगानिस्तानमा २० अमेरिकी सेना मारिएका थिए। अमेरिकी अधिकारीहरुले अनुसन्धानपछि एक महिना अगाडि रुस अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाको हत्यामा संलग्न भएको निष्कर्ष निकालेको टाइम्समा उल्लेख गरिएको छ।

समाचारअनुसार अफगानिस्तानका विद्रोहीसँग रुसको साठगाँठ भएको अमेरिकी ठहर छ। रुसले पैसाको प्रस्ताव गरेको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि बताइएको जनाइएको छ।

ह्वाइट हाउसले रुसविरुद्ध कस्तो कदम चाल्ने भनेर अहिलेसम्म बताएको छैन।

अफगानिस्तानका विद्रोही समूह तालिबान हुन्। हाल उनीहरु शान्ति सम्झौता कार्यान्वयनको पक्षमा छन्।

सोही अनुसार तालिबानले सरकारी सेनाहरु रिहा गरिरहेको छ भने सरकारले तालिबान लडाकु रिहा गरिरहेको छ।

तालिबान समूह र अमेरिकाबीच गत फेब्रुअरी २९ मा शान्ति सम्झौता भएको थियो। सोही शान्ति सम्झौतालाई तालिबान र त्यहाँको सरकारले यतिबेला पछ्याइरहेका हुन्।

उक्त सम्झौतामा अमेरिकाले अफगानिस्तानबाट सेना हटाउने साथै तालिवानले हिंस्रक गतिविधि रोकेर सरकारसँग वार्ता गर्ने उल्लेख गरिएको थियो।

हाल सबै पक्षले सम्झौता पालना गरिरहेको बताइएको छ। यसै समयमा रुसले पैसा प्रस्ताव गरेपछि गतवर्ष अफगानिस्तानको विद्रोही समूहले अमेरिका लगायत नेटोमा आवद्ध सेनाविरुद्ध आक्रमण गरेको खबर आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad