राजनीति


कृषिमन्त्री भन्छन् : ४० वर्षसम्म कृषि क्षेत्रमा बिगार्ने काममात्रै भयो, सुधारका लागि केही समय लाग्छ

कृषिमन्त्री भन्छन् : ४० वर्षसम्म कृषि क्षेत्रमा बिगार्ने काममात्रै भयो, सुधारका लागि केही समय लाग्छ

नेपालखबर
असार १३, २०७७ शनिबार ९:३,

 कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन्।

एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०÷४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए।

उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर बिगार्ने काम गरिएको बताए। ‘हामीले त ३०/४० वर्ष भयो बर्बाद पार्न थालेको। हाम्रा साना दुःखले बर्बाद पारेको होइन। हामीले बहुत मेहनतले बर्बाद परेका छौं’, उनले भने, ‘हाम्रो कृषि व्यवस्थालाई बर्बाद पार्न हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्कापट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं, के के गर्‍यौं, गर्‍यौं। यो कृषि व्यवस्था बिगार्नका लागि।’

लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताए। ३०÷४० वर्षदेखि बिग्रदै आएको कृषि ३ वर्षभित्रमा सुधार्न चुनौति रहेको समेत उनले बताए।

देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाडदा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको मन्त्री भुसालको भनाइ थियो। उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषिक्षेत्र पछाडि परेको बताए। उनले पछिल्लो ३०÷४० वर्ष यताको स्थितिलाई हेर्दाहेर्दै सबै कृषि उपज किनेर खानुपर्ने दिन आएको बताए।

‘कस्तो देखियो भने कृषिप्रधान देश हावा, पानी, माटो आदि इत्यादि फेभर गरेको यस्तो मुलुकमा हामीले हरेक दिन किनेर खानुपर्ने, अन्न पनि किनेर खानुपर्ने, फलफुल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दुध किनेर खानुपर्ने यस्ता दिन आए हेर्दाहेर्दै’, उनले भने।

कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालले बताए। कोरोनाले सिकाएको पाठलाई फेरि पनि बिर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उनको भनाइ थियो।

गएको दशकमा कृषि मन्त्रालयभित्र पनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्नेतर्फ मात्रै ध्यान केन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको बताए।

केही दशक खेर गइसकेकाले अव नयाँ व्यवस्था अनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको जानकारी समेत उनले गराए। नयाँ व्यवस्थाअनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाका विषयमा सरकारले ग्यारेन्टी लिने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री भुसालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad