कारोबार


सेयर बजार कहिले र कसरी खोल्ने भन्नेबारे आइतबार निर्णय हुने

सेयर बजार कहिले र कसरी खोल्ने भन्नेबारे आइतबार निर्णय हुने

नेपालखबर
असार १३, २०७७ शनिबार ९:२४,

नेपाल धितोपत्र बोर्डले आइतबार (भोलि) सेयर बजार कहिले र कसरी खोल्ने भन्ने निर्णय गर्ने भएको छ।

कारोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण बन्द रहेको सेयर बजारको विषयमा आइतबार बस्ने बोर्डको सञ्चालक समितिले निर्णय गर्ने भएको हो।

बोर्डका सहप्रवक्ता रुपेश केसीले आइतबार बस्ने बोर्ड बैठकले यसबारे थप निर्णय गर्ने बताए।

मुलुकमा लकडाउन सुरु भएपछि सेयर बजार बन्द भएको थियो। बीचमा केही समय खुलेको शेयर बजार पुनः बन्द भएपछि यसलाई कसरी खोल्ने भन्ने विषय अध्ययन समिति गठन गरिएको थियो।

उक्त समितिले सेयर बजार कहिले खोल्ने, कसरी खोल्ने, समय कसरी मिलाउने भन्ने बारेमा प्रतिवेदन तयार गरको केसीले बताए। उक्त अध्ययन प्रतिवेदनको विषयमा आइतबारको बोर्ड बैठकमा छलफल हुँदैछ।

‘आइतबारको बैठकले सेयर बजारलाई कहिले र कसरी खोल्ने भन्ने बारेमा केही निर्णय गर्न सक्छ,’ केसीले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad