छापा खबर


नेपाली सेनाले भन्यो- विप्लव नेकपाको गतिविधि चुनौतीपूर्ण

नेपाली सेनाले भन्यो- विप्लव नेकपाको गतिविधि चुनौतीपूर्ण

नेपालखबर
असार ६, २०७७ शनिबार २:७,

नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको ‘अवाञ्छित गतिविधि’ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ।

उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले आफ्ना गतिविधिलाई सक्रिय राखेको सेनाको विश्लेषण छ।

जंगीअड्डामा शुक्रबार सुरु पृतनापति बैठकमा विप्लव समूहका गतिविधिले निम्त्याउन सक्ने सुरक्षा चुनौतीबारे पनि छलफल भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।

 सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पृतनापति बैठक नियमित भएको प्रतिक्रिया दिए्। ‘मुलुकको पछिल्लो सुरक्षा अवस्था, कोभिड–१९ रोकथामलगायत विषयमा छलफल जारी छ’, प्रवक्ता पाण्डेले भने।

विप्लव कार्यकर्ताको अवाञ्छित गतिविधिलाई निस्तेज पार्ने विषयमा पनि छलफल भएको सैनिक स्रोतले बताएको छ। बैठक आइतबार सकिनेछ।

प्रहरीले उक्त समूहका ललितपुर जिल्ला सदस्य श्याम भनिने सानुराज बज्राचार्यलाई जेठ ३० गते ठूलो परिमाणको हतियार र विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको थियो। बज्राचार्य हतियार तथा विस्फोटक पदार्थ ओसारपसारमा पनि संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनले उपत्यकाका विभिन्न स्थानमा हतियार भण्डारण गरेको पाइएको छ।

उनीहरूले उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरेका हतियार तथा विस्फोटक पदार्थ बरामद भएपछि जंगीअड्डाले त्यसबाट चुनौती खडा भएको जनाएको हो। विस्फोट गराउनेजस्ता आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

उनीहरूले लकडाउनको मौकामा विभिन्न स्थानमा विस्फोटका घटना गराउनेतर्फ सजग हुनुपर्ने विश्लेषण जंगीअड्डाले गरेको छ। सरकारका सबै संयन्त्र कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भइरहेका बेला उनीहरूले त्यसको फाइदा उठाउँदै विस्फोट गराई आतंकित बनाउन सक्नेतर्फ जंगीअड्डा सचेत भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad