राजनीति


भिडन्तका बेला आफ्नो नियन्त्रणमा रहेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले छाड्यो

भिडन्तका बेला आफ्नो नियन्त्रणमा रहेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले छाड्यो

नेपालखबर
असार ५, २०७७ शुक्रबार १:३६,

सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको झडपका क्रममा चीनको नियन्त्रणमा रहेका भारतका १० सैनिक रिहा भएका छन्।

सोमबार राति दुई देशका सेनाबीच भएको झडपका क्रममा पक्राउ परेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ मुक्त गरेको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ।

यसको अर्थ भिडन्तका क्रममा चिनियाँ सेनाले भारतका १० सैनिकलाई नियन्त्रणमा पनि राखेका रहेछन्। 

त्यस रात भएकाे झडपमा २० भारतीय सैनिक मारिएका थिए।

त्यसको तीन दिनमा चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको हाे। यस्तै झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ।

त्यस क्रममा चीनतर्फ के कति क्षति भयाे भन्नेबारे भने चीनले अहिलेसम्म केही जानकारी दिएकाे छैन। 

सीमामा झडप हुनुमा दुवै देशले एकअर्कालाई दाेष दिइरहेका छन्।

चीनले भारतीय सेना सीमाकाे वास्तविक नियन्त्रण रेखा नाघेर आफ्नो भूमितर्फ आएका कारण झडप भएकाे दाबी गरिरहेकाे छ भने भारतले चिनियाँ सैनिकले सहमति उल्लंघन गरेको आरोप लगाइरहेको छ।

याे पनि: चीनसँग ७ घण्टा कुरा गरेपछि अमेरिकाले दियो लद्दाख झडपबारे पहिलो प्रतिक्रिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad