समाज


८१ दिनपछि खुल्यो सर्वसाधारणको लागि जानकी मन्दिरको मूल ढोका

८१ दिनपछि खुल्यो सर्वसाधारणको लागि जानकी मन्दिरको मूल ढोका

शैलेन्द्र महतो
असार ५, २०७७ शुक्रबार १:३५,

श्रद्धालु भक्तजनको लागि जानकी मन्दिरको मूल ढोका ८१ दिनपछि खोलिएको छ।

कोरोना महामारीको त्राससँगै संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा गएको १५ चैतदेखि मन्दिरको मूलढोका बन्द गरिएको थियो।

लकडाउन खुकुलो भएसँगै ८१ दिनपछि बिहीबारदेखि सर्वसधारणको लागि मन्दिरको मूलढोका खोलिएको मन्दिरका सह महन्त रामरोशन दासले जानकारी दिए। मन्दिरको मूलढोका खुलेपछि श्रद्धालुभक्तजनको बिहानैदेखि आवागतमन सुरु भएको छ। मन्दिरमा पूजाअर्चना गर्ने क्रम सुरु भएको हो।

सन् १९११ मा स्थापना भएपछि पहिलो पटक यति लामो समयसम्म जानकी मन्दिरको मूलढोका बन्द भएको सह महन्त दासको भनाइ छ। मूलढोक बन्द रहेपनि मन्दर भित्र बिहान र बेलुका हुने पूजाअर्चना भने जारी रहेको थियो।

मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न आउने श्रद्धालुभक्तजनलाई समाजिक दुरी पालना गर्न आग्रह गरिएको छ। तर अधिकांश भक्तजनले समाजिक दुरीको पालना नगर्दा समस्या हुने गरेको सहमहन्त दासले बताए।

उनले जानकी मन्दिरलाई सेनिटाइज र समाजिक दुरीको पालना गराउने व्यवस्था गरिदिन स्थानीय सरकार र प्रशासनसँ आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad