लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक नक्साअनुसार संविधानमा रहेको निशान छाप परिमार्जन गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्।
सो बिधेयक राष्ट्रिय सभाले बिहीबार र प्रतिनिधि सभाले शनिबार पारित गरेका हुन्।
दुवै सदनबाट सो विधेयक सर्वसम्मतीले पारित भएको थियो।
राष्ट्रपतिको कार्यालयले बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरेको जनाएको छ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ।
याे पनि: लिम्पियाधुरासहितको नक्सा निशान छापमा राख्ने विधेयक राष्ट्रिय सभामा पनि सर्वसम्मत पारित


प्रतिक्रिया