राजनीति


काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, यस्ता छन् योजना

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, यस्ता छन् योजना

नेपालखबर
असार ४, २०७७ बिहिबार ११:१६,

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आर्थिक तथा रोजगारी, सामाजिक विकास, शहरी पूर्वाधार तथा योजना विकास, वातावरण तथा फोहोर मैला व्यवस्थापन, संस्थागत विकास र सुशासन नीति लगायतका क्षेत्रलाई समावेस गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

नीति तथा कार्यक्रम स्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशिलता तथा रोजगारी प्रवद्र्धन र आवागमन व्यवस्थापन लगायतका विषयमा विशेष केन्द्रीत रहेको मेयर शाक्यले बताए। कोभिड १९ को असरका कारण तीन महिना सम्म लकडाउन हुँदा महानगरवासीमा परेको असरलाई न्यूनीकरण गरी जनजीवनलाई पूर्ववत अवस्थामा ल्याउन महानगरपालिका प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै कोभिड १९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागू गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यम उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा कृषि, खाद्य तथा पशु नीति अन्तर्गत शहरी फलफुल खेती, कौशी खेती, माटो विनाको खेती प्रविधिकको विकास गर्ने र यसलाई समुदाय सहभागी लक्षित हुने नीति लिइएको मेयर शाक्यले बताए। यस्तै साना तथा मझौला व्यवसायलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने, परम्परागत तथा स्थानीय शिल्पीहरुको सीप उपयोग तथा विकासका लागि प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा समावेस गरिएको छ।

कोभिड १९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र सञ्चालित होटल, रेस्टुराँ, सपिङमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायमा विशेष सहुलियत प्रदा गर्ने नीति लिएको छ। आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्र आत्मसाथ गर्दै पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण र सम्बद्र्धन र विस्तारमा जोड दिने नीति तथा कार्यक्रममा उल्लख गरिएको छ।

शहरी पूर्वाधारको विकासका लागि निजी तथा समुदायसँग साझेदारी गर्ने, परियोजना बैंक स्थापना गरी नेपाल लगानी बोर्ड, नगर विकास कोषसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै जीवनउपयोगी, व्यवसायीक एवं प्रविधियुक्त पूर्वाधार सहित नैतिक तथा मनोवैज्ञानिक शिक्षामा जोड दुई विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति लिएको छ। स्वस्थ महानगरः समृद्धिको आधार भन्ने नारालाई आत्मसात गर्दै जनस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरको जनस्वास्थ्य नीतिमा परिवर्तन गरिने भएको छ।

आधारभूत स्वास्थ्य सेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय एवं भरपर्दो बनाउने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ। महिला, बालबालिका, किशोर किशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, भहानगरभित्र खानेपानी वितरण प्रणालीलाई सुदृढ बनाइने, संस्कृति तथा सम्पदाहरुको सम्बद्र्धन गर्ने, खेलकुदको विकास गर्ने, सामाजिक विकास, सुरक्षा तथा संरक्षण लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेस भएका छन्।

शहरी पूर्वाधार विकास, शहरी यातायात व्यवस्थापन, शहरी आवागमन, सूचना तथा सञ्चार, शहरी विकास तथा भवन मापदण्ड, फोहोरमैला व्यवस्थापन, प्रदुषण नियन्त्रण, हरियाली प्रबद्र्धन, जलवायु परिवर्तन अनुकुल नीति, विपद व्यवस्थापन, संस्थागत तथा मानव संशाधन विकास, सुशासन तथा सुरक्षा लगायतका क्षेत्रलाई पनि नीति तथा कार्यक्रममा समावेस गरिएको छ।

राजश्व परिचालन तथा वित्तीय व्यवस्थापन नीति अन्तर्गत महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशिल कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइने नीति महानगरपालिकाले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad