काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकामा थप ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएकाे बताए।
उनका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना पुष्टि भएको हो।
याे पनि : नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए, पछिल्लो २४ घण्टामा ६७१ संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।
fत्यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ जना पुगेको छ। जसमा १ हजार ७२ पुरुष ११४ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।
Shares

प्रतिक्रिया