ad ad

राजनीति


विदेशमा अलपत्र नागरिकलाई सरकारी खर्चमै स्वदेश फर्काऊ : सर्वोच्च

विदेशमा अलपत्र नागरिकलाई सरकारी खर्चमै स्वदेश फर्काऊ : सर्वोच्च

नेपालखबर
असार ३, २०७७ बुधबार १:६,

सर्वोच्च अदालतले गन्तव्य मुलुक र रोजगारदाताबाट स्वदेश फर्कने सम्भावना नभएका नागरिकलाई सरकारी खर्चमै स्वदेश फर्काउन आदेश दिएको छ।

न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको संयुक्त इजलासले रोजगारदाता कम्पनी तथा गन्तव्य मुलुकबाट सहयोग नभएमा सरकारी कोषको रकम परिचालन गरेर विदेशमा रहेका नागरिकको उद्धार गर्न आदेश दिएको हो ।

वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसार गठित कोषको रकम परिचालन गरेर विदेशमा अलपत्र परेका नागरिकलाई टिकट लगायतका आवश्यक प्रबन्ध गर्न अदालतले सरकारलाई आदेश दिएको छ।

अदालतले यसअघि वैशाख ४ गते भएको आदेशलाई समेत ध्यान दिई उद्धार लगायतका प्रक्रिया अगाडि बढाउन भनेको छ। आदेशमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ) को मापदण्ड पालना गरेर उद्धार लगायतका प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

सर्वोच्चले गन्तव्य मुलुकबाट सुरक्षित रूपमा नागरिक स्वदेश फर्काउनु राज्यको दायित्व भएको पनि स्मरण गराएको छ।

‘श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगी फर्कनुपर्ने अवस्थामा रहेका तथा गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरूमध्ये पनि रोजगारीको प्रकृति, आयस्रोत समेतका कारण आफ्नो खर्चमा फर्कन नसक्ने अवस्थामै अलपत्र परेका नागरिकको हकमा कूटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने अवस्थामा रहेको भनी प्रमाणित भएका कामदारहरूलाई नेपाल ल्याई गन्तव्य स्थानसम्म पु¥याउनुपर्ने दायित्व राज्यको हुँदा रिट निवेदकको समेत संलग्नतामा सम्बन्धित सरोकारवालासँग सङ्क्षिप्त परामर्शसमेत गरी एक कार्यविधि बनाई योगदानकर्ताको वैधानिक अपेक्षा र कोषको न्यायपूर्ण प्रयोगबीच सन्तुलन कायम हुने गरी तत्काल उद्धारको प्रक्रिया सुरु गर्नू,’ आदेशमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .