ad ad

समाज


कोरोना संक्रमण : मंगलबार विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा

कोरोना संक्रमण : मंगलबार विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा

नेपालखबर
असार ३, २०७७ बुधबार ०:३०,

 भारतमा कोरोना संक्रमण र त्यसबाट हुने मृत्युदर तीब्र गतिमा बढ्न थालेको छ।

गएको २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ।

गएको २४ घण्टामा भारतमा दुई हजार ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ। पछिल्लो समय संक्रमणदर उच्च रहेका ब्राजिल, अमेरिका, बेलायत लगायतका देशको भन्दा धेरै मृत्यु मंगलबार भारतमा भएको छ।

गएको २४ घण्टामा ब्राजिलमा एक हजार तीन सय ३८ जना, अमेरिकामा आठ सय ४६, मेक्सिकोमा चार सय ३९, बेलायतमा दुई सय ३३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ।

भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार नौ सय २१ पुगेको छ। यो बुधबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।

मंगलबार भारतमा ११ हजार एक सय ३५ जनामा संक्रमण देखिएको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ५४ हजार एक सय ६१ पुगेको छ।

विश्वभर गएको २४ घण्टामा कोरोना संक्रमणबाट ६ हजार पाँच सय ८९ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ४५ हजार एक सय ८५ पुगेको छ।

विश्वभर अहिलेसम्म संक्रमितको संख्या ८२ लाख ५१ हजार ६२ पुगेको छ। गएको २४ घण्टामा विश्वभर एक लाख ४२ हजार तीन सय ९५ जनामा संक्रमण पुष्टि भएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .