ad ad

राजनीति


सीमामा झडप: चिनियाँ सैनिक कमान्डरले भारतलाई दिए यस्तो चेतावनी

सीमामा झडप: चिनियाँ सैनिक कमान्डरले भारतलाई दिए यस्तो चेतावनी

नेपालखबर
असार ३, २०७७ बुधबार १:१४,

चीन-भारत सीमामा दुई देशका सेनाबीच झडप भएपछि चिनियाँ सेनाका कमान्डरले पनि मुख खोलेका छन्।

याे पनि: भारत र चीनबीच भीषण भिडन्तमा २० भारतीय सैनिकको मृत्यु

पिपल्स लिबरेसन आर्मी (पीएलए)का पश्चिमी थिएटर कमान्डका प्रवक्ता चाङ सुइलीले भारतलाई कडाइसाथ आफ्ना सैनिक रोक्न चेतावनी दिएका हुन्।

चीनको सरकारी समाचार संस्था सिन्हुआका अनुसार उनले विवाद अन्त्यका लागि संवादको बाटोमा अघि बढ्न पनि भारतलाई सुझाव दिएका छन्।

उनको सन्देश पीएलएको आधिकारिक वीबो अकाउन्टमा पोस्ट गरिएको छ।

‘भारतीय सैनिकले आफ्नो प्रतिबद्धता उल्लंघन गरेका छन्। एकपटक फेरि एलएसी पार गरेका छन्। जानाजान चिनियाँ बललाई उक्साएर हमला गरेका छन्। यसमा दुवै पक्षमा आमनेसामने झडप भयो र यहीँ हताहतको कारण बन्यो,’ चाङले भनेका छन्, ‘म माग गर्छु- भारत आफ्ना सैनिकलाई कडाइसाथ रोकोस् र वार्ता र संवादका का माध्यमबाट विवाद सुल्झाउनुपर्छ।’

चिनियाँ सेनाले भने यो घटनामा आफ्ना कति सैनिकको मृत्यु भयो भन्ने खुलाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .