राजनीति


मन्त्रिपरिषदको निर्णयः पुल भत्केका ठाउँमा बेलिब्रिज, पीडितलाई तत्काल राहत

मन्त्रिपरिषदको निर्णयः पुल भत्केका ठाउँमा बेलिब्रिज, पीडितलाई तत्काल राहत

नेपालखबर
असार २९, २०७६ आइतबार ११:५,

सरकारले बाढी, पहिरो र डुबानबाट पीडित भएका नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको आकास्मिक बैठकले पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै मन्त्रिपरिषदले पुल भत्केका ठाउँमा तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको एक मन्त्रीले जानकबारी दिए। राहत कोषबाट रकम अपुग भए सरकारले रकम थप गर्ने निर्णय समेत गरेको छ।

बिहीबारदेखि निरन्तरुपमा भएको वर्षाका कारण देशभरबाट अहिलेसम्म ५१ जनाको ज्यान गएको सरकारले पुष्टि गरेको छ।

वर्षाका कारण सबैभन्दा बढी प्रदेश १, २ र ३ प्रभावित बनेका छन्। तराईका थुप्रै जिल्लामा डुबान र बाढीका कारण हजारौँ मानिस घरबारबिहीन बनेका छन्।

सरकारले राहत र उद्धारका लागि नेपाल प्रहरीका साथमा सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .