राजनीति


कांग्रेस केन्द्रीय समिति बैठकः १३ एजेन्डामा छलफल हुँदै

कांग्रेस केन्द्रीय समिति बैठकः १३ एजेन्डामा छलफल हुँदै

नेपालखबर
असार २९, २०७६ आइतबार ८:२२,

नेपाली कांग्रेसले पार्टीको जारी केन्द्रीय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भइरहेको जनाएको छ।

पार्टीको आसन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल भईरहेको समाचार विभिन्न समाचार माध्याममा आएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित रहेको प्स्ट पारेका हुन्। उनले सो एजेन्डा पारित भएपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल सुरु हुने पनि स्पष्ट पारे।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतबार पनि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले भातृ संगठनहरुलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन। प्रवक्ता शर्माले बैठकमा केन्द्रिय सदस्यहरु बद्री पाण्डे, शिव हुँमागाई, वीरबहादुर बलायरलगायतका नेताहरुले नियमावलीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राख्नु भएको पनि बताए।

असार २२ गतेबाट सुरु भएको बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नवीकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समीक्षा, केन्द्रीय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad