कला


भानु जयन्तिका अवसरका राष्ट्रकविलाई रथारोहण

भानु जयन्तिका अवसरका राष्ट्रकविलाई रथारोहण

नेपालखबर
असार २९, २०७६ आइतबार ८:३,

आज (आइतबार) विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले २०६ औं भानुजयन्ति मनाईरहेका छन।

भानु जयन्तिकै अवसर पारेर नेपालमा पनि देश भित्र र बाहिर रहेका साहित्यिक संस्थाहरुको जमघटमा भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरियो। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन्। भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद, मणिपुर, नेपाल जनसांस्कृतिक मंच, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तिको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रद्वारा सम्मान गरेका हुन।

त्यस अवसरमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले भानु जयन्तिको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको बताए। त्यस अवसरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको राष्ट्रकवि घिमिरेको सुश्वास्थ्य र सुदीघार्यूको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए।

कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपाली भाषीहरुले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरे। उनले युग अनुसार नेपालीका बारेमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गरे। राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरुलाई भाषाको माध्यामबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गरे।

त्यस अवसरमा राष्ट्रकवि घिमिरेले नेपाली भाषा र साहित्यप्रति माया गर्ने सबै नेपाली भाषीहरुप्रति सम्मान पनि व्यक्त गरेका थिए।

यस अघि भानु जयन्तिकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो। त्यसैगरी काठमाडौंको कमलादीस्थित भानुभक्तको शालिकमा माल्याअर्पण समेत गरिएको थियो। माल्याअर्पण समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीलगायतका साहित्यिक व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

रामायणलाई नेपालीमा अनुदान गरेर भानुभक्तले नेपाली भाषालाई एकताको सुूत्रको बाँध्न पु¥याउनु भएको योगदान अतुलनीय रहिआएको छ। त्यसैगरी आदिकवि भानुभक्त आचार्यले लखेका बधु शिक्षा, प्रश्नोत्तर लगायतका साहित्यिक कृतिहरु नेपाली भाषीका लागि आज पनि उत्तिकै प्रिय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad