प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा गायक विश्वास पराजुली र सुवास तामाङ र गायिका अविता ढुंगानाको आवाजमा रहेको लोकदोहोरी ‘लायौँ मोहनी’ गीतको भिडियो सार्वजनिक गरिएको छ।
प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनो मायालु सगँ सगैँ रहेर मनका भित्री भावहरुलाई पोख्नको लागी गायक निकै हतारिएका छन्। साथै गायिका पनि मन परेको मायालु भेट्नका लागि निकै आत्तुर रहेकी छन्।
गीतमा छिरिङ दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना रहेको छ।
म्युजिक भिडियोमा मुकेश हुमागार्ईँको छायाँकन, राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशन रहेको छ। भिडियोमा सुवास, चन्द्रकुमार, सिम्रन र कमलाको अभिनय रहेको छ।
हेरौँ भिडियो

प्रतिक्रिया