सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धिको बचाऊ गरेका छन्।
नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धिमा प्रयोग भएका शब्दहरुको गलत अर्थ लगाइएको उनले बताए।
महाकाली नदीको अधिकांश भाग सीमाना भनेर सुगौली सन्धिभन्दा झन् राष्ट्रघाती महाकाली सन्धि भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले त्यहाँ प्रयोग भएको शब्दको गलत प्रयोग भएको बताएका हुन्।
‘महाकाली सन्धिका बेलामा जुन खालको पदावलीको प्रयोग भएको छ, महाकाली नदिको अधिकांश भाग सीमा भनेर जसरी शब्द प्रयोग भएको छ, महाकाली नदीपूर्व भारतको भूभाग हो भन्ने होइन् महाकाली पश्चिम पनि नेपालको भूभाग छ भन्ने अंकित गर्दछ भन्ने हा’, उनले भने, ‘यसमा कुनै पनि प्रकारको दुविधा राख्नुहुँदैन। त्यहाँ उल्लेख भएको कुरा अन्यथा अर्थ लगाउनु वाञ्छनीय हुँदैन्।’
महासचिव पौडेलले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्ने नेपालको निर्णय कुनै पनि देशका विरुद्ध नभएको बताए। भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ताको पक्षमा उभिँदा छिमेकीहरुको दिल दुःख्छ भन्ने लघुतावासमा नअल्झिन उनले आग्रह गरे।
Shares

प्रतिक्रिया