नक्साको विषयमा नेपालको आलोचना गरेका नरवाणेले हालै नेपाल र भारतसँगको सम्बन्ध मजबुत रहेको र दुई देशबीचको सम्बन्ध सँधै सुमधुर हुने बताएका छन्।
उतराखण्डको देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीमा शनिवार आयोजित कार्यक्रमका नरवाणेले भने,‘नेपालसँग हाम्रो मजबुत सम्बन्ध छ। हामी भौगोलिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले जोडिएका छौं। हाम्रो सम्बन्ध बलियो छ र सँधै सुमधुर रहनेछ।’
— ANI (@ANI) June 13, 2020We have a very strong relationship with Nepal. We have geographical, cultural, historical, religious linkages. We have very strong people to people connect. Our relation with them has always been strong and will remain strong in the furture: Army chief General MM Naravane pic.twitter.com/rfiybiOrnE
नरवाणेले गत जेठ २ मा कसैको उक्साहटमा नेपालले नयाँ नक्सा बनाएको र भारतले लिपुलेक जोड्ने सडक बनाएकोमा विरोध गरेको आरोप लगाएका थिए।
उनले त्यसबेला काली नदी भन्दा पश्चिममा भारतले सडक निर्माण गरेको र त्यसमा विरोधको औचित्य नभएको जिकिर गरेका थिए। एजेन्सी

प्रतिक्रिया