जनता समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
जसपाको शुक्रबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
लिम्पयाधुरासहितको भूभागलाई समेटिएर अध्यावधिक गरिएको नेपालको नक्सा निशान छापमा राख्न संविधानको अनुसूची ३ संशोधन गरिँदैछ।
सो प्रस्तावमाथि प्रतिनिधिसभामा शनिबार मतदान हुने कार्यक्रम छ।
‘जनता समाजवादी पार्टी नेपालको आज बसेको पदाधिकारी बैठकले नेपालको संविधानको अनुसूची ३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधान संशोधन गर्न बनेको विधेयकमा पक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ सो दलका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले भने।

प्रतिक्रिया