राजनीति


बालुवाटारमा प्रदर्शन गर्नेलाई बधाई दिँदै शेखरले भने : सरकारले गरेको भ्रष्टाचारको परिणाम हो युवाहरुको विरोध

बालुवाटारमा प्रदर्शन गर्नेलाई बधाई दिँदै शेखरले भने : सरकारले गरेको भ्रष्टाचारको परिणाम हो युवाहरुको विरोध

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ६:१७,

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचारको चाङमाथि उभिएको आरोप लगाएका छन्।

नेता कोइरालाले सरकारले कोरोना परीक्षणका लागि खरीद गरिएको आरडीटी परीक्षणदेखि चार्टर्ड फ्लाइटमा समेत भ्रष्टाचार गरेको आरोप लगाएका हुन्।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता कोइरालाले बलुवाटारअघि युवाले गरेको प्रदर्शन सरकारको भ्रष्टाचारको परिणाम भएको भन्दै प्रदर्शनमा उत्रिएका युवालाई बधाई समेत दिएका छन्।

‘आरडीटी र पीसीआरमा भ्रष्टाचार, राहतमा भ्रष्टाचार, क्वारेन्टिनमा भ्रष्टाचार, चार्टर फ्लाईटमा भ्रष्टाचार, यो सरकार भ्रष्टाचारको चाङमाथि उभिएको छ’, ट्विटरमा कोइरालाले लेखेका छन्, ‘त्यसैको परिणाम हो, काठमाडौँको बालुवाटारलगायत देशका बिभिन्न शहरमा भएको युवाहरुको प्रदर्शन। बधाई स्वतस्फूर्त प्रर्दशनमा उत्रिएका ती युवाहरुलाई।’

सरकारले कोरोना परीक्षणमा लापरवाही गरेको, विज्ञको सुझाब विपरीत आरडीटी परीक्षण गरेको, सरकारको लापरवाहीका कारण मृत्युपछि मात्रै मानिसमा कोरोना पुष्टि हुने अवस्था आएको भन्दै केहीदिनदेखि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad