कुवेतबाट नेपाली कामदार लिएर आएको तेस्रो जहाज काठमाडौंमा अवतरण गरेको छ । जजिरा एयरवेजको ए३२० न्यारोबडी जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।
जहाजमा कुल १४९ जना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘जहाजमा १४० वयस्क, दुई वर्षमाथिका २ जना र २ वर्षमुनिका ७ जना रहेका छन्।’
कुवेतले बिहीबार दुई जहाजमार्फत ३ सय नेपाली पठाएको थियो। कुवेतमा करिब ३ हजार नागरिक नेपाल फर्कने सूचीमा रहेका छन् । कुवेतकै खर्चमा नेपाली कामदार आउन लागेको बताइएको छ।

प्रतिक्रिया