लकडाउन उल्लंघन हुने गरी कतै सभा/जुलुस हुन नदिन भन्दै गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिएको भए पनि युवा समूहले आफ्ना नियमित विरोध कार्यक्रम सार्वजनिक गरेको छ।
कोरोना महामारी तथा लकडाउनका सन्दर्भमा सरकारको विरोध गर्दै केही दिनयता काठमाडौं उपत्यकासहित देशभर आन्दोलन जारी छ।
यसै क्रममा आन्दोलनकारीले आज (शुक्रबार) देखि असार ३ गतेसम्म देशको राजधानीलगायत विभिन्न स्थानमा गरिने विरोधसभाको सूची सार्वजनिक गरेका हुन्।
डा. गोविन्द केसीका सहयोगी डा. अभिशेषराज सिंहले ट्विटमार्फत सार्वजनिक गरेको विरोध कार्यक्रमको सूची यस्तो छः


प्रतिक्रिया