ad ad

राजनीति


२५–३० लाख मान्छे बाहिर छन, १० लाख एकैपटक फर्कदा कति गाह्रो होला: प्रधानमन्त्री

२५–३० लाख मान्छे बाहिर छन, १० लाख एकैपटक फर्कदा कति गाह्रो होला: प्रधानमन्त्री

नेपालखबर
जेठ २८, २०७७ बुधबार ६:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी सामना गर्न सरकारले गरेका सबै प्रयास सत प्रतिशत सही नभए पनि त्यसलाई नियन्त्रण गर्ने पर्यत्नले संक्रमण नियन्त्रण गर्न सहयोग पुगेको बताएका छन्।

‘प्रयास सय प्रतिशत र पर्याप्त होला म भन्दिन। कम हुन सक्छ, तर अन्यत्र धेरै विकाराल रुप लिइसक्दा हाम्रो ९ बाट १० पुगेको थिएन। यद्यपी हामीकोमा तयारी, स्वास्थ्यस्थिति कस्तो थियो?,’ प्रधानमन्त्री ओलीले संसदमा संवोधन गर्ने क्रममा भने, ‘२१ वटा परीक्षण मेसिन छ, केही ठाउँमा व्यवस्थापनको गम्भीर कमजोरी छ, मेसिन गएको छ जोड्न सकिएको छैन, मेसिन छ तर, चलाइएको छैन।’

उनले सुरुमै लकडाउन गरेर केही नहुनु नै ठूलो कुरा भएको बताए। लकडाउन प्रभावकारी बनाउन सरकारले अवलम्बन गरेको कुरा सामान्य नभएको प्रधानमन्त्रको दाबी छ।

‘कोभिड यसरी फैलियो कि बाँध फुटेको बाढी जस्तो। ५० हजारलाई विश्व स्वास्थ्य संगठनले तोकेको आधारमा राख्न कति साधन स्रोत र आर्थिक स्रोत चाहिन्छ। क्वारेन्टिनमा खाँदेर राख्न मिल्दैन,’ उनले भने, ‘२५–३० लाख मान्छे बाहिर छन, भारतमा जाँदा पासपोर्ट चाहिदैन त्यहाँका मानिस १० लाख मानिस एकैपटक फर्कदा कति गाह्रो होला?’

उनले महामारी दलीय विषय नभई मानवीय भएको भन्दै यो सरकारको मात्रै नभई सामाजिक विषय भएकोले सत्तापक्ष र प्रतिपक्ष नभनी साझा विषयको रुपमा सामना गर्नुपर्ने जिकिर गरे।

‘राजनीतिक हिसावले टुंगो लगाउने होइन, कुन कीट प्रयोग गर्ने कुन नगर्ने पीसीआर, आरडीटी प्रयोग गर्ने कि नगर्ने? कसरी परीक्षण गर्ने, कुन प्रयोग गर्न संभव छ कुन छैन मैले भन्ने होइन प्राविधिकले भन्ने हो?,’ प्रधानमन्त्रीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .