कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ।
बुधबार बिहान भारतीय सीमानाकाबाट स्वदेश फर्किएका ३९ जना यात्रु लिएर क्वारेन्टिन जाँदै गरेको टिपर कर्णालीमा खसेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे जानकारी दिए।उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेकाे हाे।
प्रजिअ गैरेका अनुसार उनीहरुलाई रासकोट नगरपालिकाले तयार गरेको क्वारेन्टिनतर्फ ल्याईंदै थियो।
अहिले घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारको लागि सदरमुकाम मान्मातर्फ ल्याइँदैछ।
घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। घटनाको विस्तृत विवरण आइसकेको छैन।
प्रतिक्रिया