कोरोनाका संक्रमणका कारण भारतको तामिलनाडु राज्यको विधायनसभा सदस्य जे अन्बझागान निधन भएको छ।
चेन्नईस्थित एक अस्पतालमा उपचार गर्दागर्दै बुधबार उनकाे मृत्यु भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।
६२ वर्षीय उनी त्यहाँको प्रसिद्ध डा. रेला इन्स्टिच्युट एन्ड मेडिकल सेन्टरमा जुन २ तारखि भर्ना भएका थिए।
कोभिड-१९ ले गम्भीर रुप लिएपछि भेन्टिलेटर, अक्सिजनलगायत सबै उपाय अपनाउँदा पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।
उनी तामिलनाडुको चेपक क्षेत्रबाट डीएमके पार्टीबाट तीनपटक निर्वाचित भएका थिए।
3
Shares
प्रतिक्रिया