ad ad

समाज


म्याग्दीमा राति सुतेका बेला पहिरो खस्दा २ जनाको मृत्यु

म्याग्दीमा राति सुतेका बेला पहिरो खस्दा २ जनाको मृत्यु

नेपालखबर
जेठ २८, २०७७ बुधबार ३:५९,

म्याग्दीको रघुगंगा गाउँपालिका-६ रायखोरमा सुतिरहेकै बेला पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार मंगलबार राति ११ बजे खसेको पहिरोमा स्थानीय ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको मृत्यु भएको हो। राति उनीहरू सुतिरहेको गोठ नै लेदोसहितको पहिरोले पुरिएको उनले बताए।

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले उनीहरूको शव फेला पारेका हुन्।

ढुंगा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै पहिरोमा पुरिएका छन्। पशुचौपायको भने मरेका छैनन्। थप उद्धार र अनुसन्धानका लागि आज (बुधबार) बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .