ad ad

राजनीति


कोरोना उपचारका लागि विदेशबाट स्वास्थ्यकर्मीको टोली ल्याउँदैनौंः मन्त्री त्रिपाठी

कोरोना उपचारका लागि विदेशबाट स्वास्थ्यकर्मीको टोली ल्याउँदैनौंः मन्त्री त्रिपाठी

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ९:२७,

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कोरोना संक्रमितको उपचार गर्नको लागि कुनैपनि मुलुकबाट स्वास्थ्यकर्मी नल्याउने बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उठेका प्रश्नबारे जवाफ दिँदै मन्त्री त्रिपाठीले नेपालकै स्वास्थ्यकर्मीले कोरोनाको संक्रमणमा आँफै चुनौति मोलेर उपचार गरेकोले अन्य कुनै मुलुकबाट स्वास्थ्यकर्मी नल्याउने स्पष्ट पारेका हुन्।

सांसद अतहर कमल मुसलमानले चीनबाट मेडिकल डाक्टरसहितको टीम ल्याउन लागेको भन्नेबारे मन्त्रीको जवाफ माग गरेपछि त्रिपाठीले ‘चीनबाट मात्र होइन विश्वका कुनै पनि मुलुकबाट चिकित्सक नल्याउने’ बताएका हुन्।

‘हामी हाम्रा चिकित्साकर्मी, जनस्वास्थ्यकर्मीमाथि पूरा विश्वास छ, पूरा विश्वास भएकोले कहिँ कतैबाट चिकित्सक ल्याउँदैनौं,’ मन्त्री त्रिपाठीले भने, ‘त्यो स्पष्ट हो, हाम्रै चिकित्साकर्मीहरु सक्षम छन्, अहिलेसम्म कोभिड–१९ बिरुद्धमा जति लडे हाम्रै चिकित्साकर्मी लडेका छन्, हाम्रै नर्सहरु लडेका छन, आँफै जोखिम मोलेर लडेका छन्। त्यसकारण कुनैपनि देशबाट चिकित्सक ल्याउँदैनौं।’

नेमकिपाका सांसद प्रेम सुवालले अमेरिकी सहयोग एमसीसीबाट आउने पैसा स्थानीय तहमा किन पठाउन लागिएको भनी उनलाई प्रश्न गरेका थिए।

त्यसबारे जवाफ दिँदै त्रिपाठीले नेपाली समाजमा केही खाना चोख्याउनलाई तुल्सीपत्र राख्ने गरिएजस्तै एकजना सांसदले हरेक विषयलाई एमसीसीमा लगेर जोडेको बताए। ‘विषय होस् कि नहोस्, मिलोस कि नमिलोस्, स्थानीय तहसँग के को एमसीसी र ट्रम्पको कुरा, मैले बुझिन त्यो, तुस्लीपत्र हाल्ने काम नगरौं,’ उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .