स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता परिवर्तन गरिएको छ।
यसअघि प्रवक्ता रहेका डा. विकास देवकोटाका ठाउँमा डा. जागेश्वर गौतमलाई ल्याइएको हो।
स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिएका छन्।
यसअघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए। गत बिहीबार मात्रै उनी मन्त्रालयमा सरुवा भएका हुन्।
स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया