राजनीति


भारतसँगको विवादबीच चीनले सीमानामा तैनाथ हुने हतियारसहित सैन्य अभ्यास गर्‍यो

भारतसँगको विवादबीच चीनले सीमानामा तैनाथ हुने हतियारसहित सैन्य अभ्यास गर्‍यो

नेपालखबर
जेठ २५, २०७७ आइतबार ११:५१,

भारतसँगको सीमा विवाद सतहमा आएका बेला चीनले सीमानामा तैनाथ हुने हतियारहरु सहित आइतबार सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ।

हुपेइको उच्च पहाडी क्षेत्रमा अत्याधुनिक हतियारसहित चिनियाँ सेनाले शक्ति प्रदर्शन गरेको उल्लेख गरिएको छ।

उक्त पहाडी क्षेत्रमा चिनियाँ सेनाले हतियारसहितको ट्रक लगेका थिए। सैन्य अभ्यासका क्रममा बोर्डर डिफेन्स आर्मरको पनि प्रयोग गरिएको थियो।

एकदेखि दुई घण्टा भित्र सैन्य अभ्यास सम्पन्न भएको थियो। हुपेइ प्रान्त कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित चिनियाँ क्षेत्र हो। यस प्रान्त भारतसँग जोडिएको छैन।

पछिल्लो सयम लद्दाख नजिकका क्षेत्रमा चिनियाँ र भारतीय सेनाहरुको गतिविधि बढ्न थालेको छ।

दुवै देशका सेनाहरु विवादित क्षेत्रमा आमने सामने हुँदा तनावको स्थिती उत्पन्न भएको छ।

शनिबार मात्र चीन र भारतका सेनाबीच लद्दाख नजिकका क्षेत्रमा जारी सीमा विवादको विषयमा छलफल भएको थियो। दुवै देश सीमामा जारी विवाद अन्त्यको पक्षमा देखिएका छन्।

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad