राजनीति


संसदमा गगनले भने : अर्थमन्त्री अग्लो हुनुहुन्छ, भुँइतिर हेर्न गाह्रो हुन्छ, देख्नुहुन्न

संसदमा गगनले भने : अर्थमन्त्री अग्लो हुनुहुन्छ, भुँइतिर हेर्न गाह्रो हुन्छ, देख्नुहुन्न

नेपालखबर
जेठ २४, २०७७ शनिबार ११:२८,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसद गगनकुमार थापाले सरकारले भुँइ तहका मान्छेको समस्या नबुझेको आरोप लगाएका छन्।

शनिबार विनियोजित विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले सरकारले रोग, भोक, सुत्केरीले उपचार नपाएर मरेको नदेखेको आरोप लगाए। उनले आफूहरुले भुँइमान्छेको कुरा गरेको र सरकारले र विशेषगरी अर्थमन्त्रीले नसुनेको भन्दै गुनासो गरे।

‘विनियोजित विधेयकमाथि छलफल गर्दा हामीले भन्यौँ, सरकारले सुनेन, सरकारले रोग, भोक, सुत्केरीले उपचार नपाएर मरेको देखेन भनेर भन्यौं। खासगरी अर्थमन्त्रीलाई भन्यौं’, उनले भने, ‘त्यो भन्दाखेरि अर्थमन्त्रीको अफ्ठ्यारो हामीले बुझेनौं। हामीले कुरा गरेको भुँइ मान्छेहरूको बारेमा हो। अर्थमन्त्री अग्लो हुनुहन्छ। अग्लो मान्छेलाई भुँइतिर हेर्न गाह्रो हुन्छ, त्यै भएर नदेखेको हो।’

सांसद थापाले संसदहरुले विकासका नाममा पैसा लिन थालेपछि हैसियत वडाध्यक्षको जस्तो भएको बताए।

विधायकको काम बजेट निर्माणमा भूमिका खेल्नु पर्ने भए पनि मन्त्रीको ढोकामा योजना माग्न गएपछि हैसियत खस्किएर वडाध्यक्षको जस्तो भएको उनकाे भनाइ थियो। ‘बजेट निर्माणमा संसदको भूमिका केरु विधायकको भूमिका केरु हामीले बोक्ने विचारधाराको अर्थ र सम्बन्ध के रहन्छ?’ उनले भने, ‘हामी मन्त्रीको ढोकामा दौडियौं, कहिले चुरोटको खोलको चिर्कटोमा योजना लेखेर कहिले आफ्नो लेटरप्याडमा लेखेर पुग्यौं। प्रधानमन्त्री त पुग्नुभयो।’

उनले मन्त्रीकोमा योजना माग्न जाँदा सांसदको हैसियत खस्केको भन्दै यसलाई नबदलेसम्म यस्तो प्रवृत्तिको अन्त्य नहुने बताए। उनले यसलाई बदल्नका लागि केही कानुन नै बदल्नुपर्ने बताए। उनले सांसद विकास कोषलाई बजेटबाट हटाएर यसको सुरुवात गर्नुपर्ने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad