श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूति विशेषतालाई नचलाउने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संविधान संशोधनका विषयमा भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गरेका छन्। अहिले संविधान संशोधनका नाममा संघीयता खारेज गर्न खोजेको उनको आरोप छ।
अध्यक्ष साम्पाङले संविधान संशोधन गर्न पाइने भएपछि आधारभूत विशेषतालाई चलाउन नहुने बताए। ‘संविधानका आधारभूत विशेषता तीन कुरा छन्, संघीयता, समावेशिता र धर्मनिरपेक्षता। यी तीन कुरालार्ई तलमाथि हुने गरी दलखाल अन्दाजी गरियो भने फेरि दुर्घटना निम्त्याउनु पुग्नेछौँ,’ साम्पाङले भने, ‘अरु के के गर्ने हो, गर्न सक्छौँ। तर यीत तीन कुरा नछोइयोस्, हार्दिक निवेदन गर्न चाहन्छु।’
उनले अब देश बनाउनका लागि पसिना बगाउनुपर्ने बताए। ‘अब यो देशमा रगत होइन, पसिना बगाउनुपर्छ। रगत होइन, पसिनाको क्रान्ति गर्नुपर्छ,’ साम्पाङले भने।
Shares

प्रतिक्रिया