पछिल्लो २४ घण्टामा नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालया प्रवक्ता डा. विकास देवकोटाले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ३२३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
संक्रमितमध्ये २८६ पुरुष र ३७ जना महिला रहेका छन्।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने डिस्चार्ज हुनको संख्या ३६५ जान पुगेको छ। पछिल्लो तथ्यांकअनुसार ३२ जना डिस्चार्ज भएका छन्।
कोरोनाका कारण शनिबार दिउँसोसम्म १२ जनको ज्यान गइसकेको छ।

प्रतिक्रिया