ad ad

राजनीति


अमेरिकाले डब्लूएचओ छाडेपछि ब्राजिलका राष्ट्रपतिले पनि संस्था छाड्ने चेतावनी दिए

अमेरिकाले डब्लूएचओ छाडेपछि ब्राजिलका राष्ट्रपतिले पनि संस्था छाड्ने चेतावनी दिए

नेपालखबर
जेठ २४, २०७७ शनिबार ७:५०,

ब्राजिल अमेरिकापछि कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ यतिबेला मिनेट–मिनेटमा मानिसहरुको कोरोनाका कारण मृत्यु भइरहेको रोयटर्सले जनाएको छ।

डब्लूएचओले हाल कोरोनाले निकै प्रभावित बनिरहेको ब्राजिलले लकडाउन खोल्न नहुने बताएपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारोले डब्लूएचओ छाड्ने चेतावनी दिएका हुन्।

ब्राजिलमा हालसम्म ६ लाख ४६ हजारमा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ ३५ हजार ४७ को मृत्यु भइसक्दा ३ लाख २ हजार उपचारपछि स्वस्थ बनेका छन्।

अमेरिकाले डब्लूएचओ छाड्ने घोषणा गरेको केही समयमै ब्राजिलले पनि डब्लूएचओ छाड्ने चेतावनी दिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बोल्सोनारो नजिकका मित्र मानिन्छन्। बोल्सोनारोले ट्रम्पको शैली पछ्याएको आलोचना हुने गरेको छ।

ट्रम्पले कोरोनाविरुद्धको उपाय नमान्ने बताइरहँदा बोल्सोनारोले पनि कोरोना भाइरसलाई सामान्य रोगको संज्ञा दिँदै आएका थिए।

सोहीबीचमा अमेरिका र ब्राजिल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र बनेका छन्।

बोल्सोनारोले ब्राजिलमा लकडाउन खोल्नुपर्ने भन्दै त्यहाँका विभिन्न राज्यका गभर्नरविरुद्ध प्रदर्शन नै गरेका थिए।

अमेरिकाले डब्लूएचओ चीन केन्द्रित भएको बताउँदै आफू उक्त संस्थाको सदस्य नबन्ने बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .