ad ad

समाज


बागमती प्रदेशमा कोरोनाबाट तीन जनाको मृत्यु, ८३ संक्रमित

बागमती प्रदेशमा कोरोनाबाट तीन जनाको मृत्यु, ८३ संक्रमित

नेपालखबर
जेठ २४, २०७७ शनिबार ७:२८,

कोरोना भइरसका कारण बागमती प्रदेशमा हालसम्म तीन जनाले ज्यान गुमाएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका एक–एकजनाको ज्यान गएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना विभाग हेर्ने डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए।

उनका अनुसार प्रदेशका १३ जिल्लामध्ये संघीय राजधानीसमेत रहेको काठमाडौँमा सबैभन्दा धेरै २३ जनामा संक्रमण पुष्टि भएको छ भने रामेछापमा १९, चितवन, काभ्रे र मकवानपुरमा ६–६, भक्तपुरमा पाँच, धादिङ र सिन्धुलीमा चार–चार, ललितपुर र नुवाकोटमा तीन–तीन, सिन्धुपाल्चोक र दोलखामा दुई–दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार बागमती प्रदेशका विभिन्न स्थानमा आठ हजार ११६ वटा क्वारेन्टिन शय्या रहेका छन् भने तीन हजार १०० जना क्वारेन्टिनमा रहेका छन्। यस्तै झण्डै ५०० जना होम क्वारेन्टिनमा रहेका छन्। प्रदेशमा रहेका एक हजार छ वटा आइसोलेसन शय्यामा हाल ४४ जनालाई राखिएको छ।

प्रदेशमा १० हजार १०३ जनाको पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ। प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएका ८३ जनामध्ये प्रदेश सरकारले सञ्चालन गरेको ल्याबबाट १५ जना र संघीय सरकारद्वारा सञ्चालित ल्याबबाट ६८ जना रहेका छन्। मन्त्रालयका अनुसार प्रदेशमा भएको २६ हजार ७६३ जनाको आरडीटी परीक्षणमा ५२५ जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .