राजनीति


लकडाउनको स्वरूप फेर्नेबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनको स्वरूप फेर्नेबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ५:५८,

लकडाउनको स्वरूप (मोडालिटी) परिवर्तन गर्नेबारे छलफल गर्न आज (बिहीबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

एक मन्त्रीले दिएको जानकारीअनुसार बैठक बलाुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजे बस्ने तयारी गरिएको छ।

लकडाउनको मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बुधबार) विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका थिए। त्यस क्रममा विज्ञले लकडाउन खुकुलो पार्नुपर्ने धारणा राखेका थिए।

चैत ११ देखि देशभर लागू लकडाउन पछिल्लो समय थपिएको अवधिअनुसार यही जेठ ३२ गते सकिँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad