चीनले आगामी हप्ताबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने भएको छ। त्यहाँको हवाइ नागरिक उड्डयन नियामक निकायले बिहीबार उक्त निर्णय गरेको हो।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार जुन ८ अर्थात् सोमबारबाट अन्तर्राष्ट्रिय हवाइ उडान खुल्नेछ। सुरुमा हप्तामा एक अन्तर्राष्ट्रिय उडान मात्रै हुनेछ।
कोभिड १९ संक्रमण फैलिएसँगै चीनले अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गरेको थियो। अहिले कोभिड १९ पूर्णरुपमा नियन्त्रणमा आएपछि व्यापार व्यवसाय र अन्तर्राष्ट्रिय उडान पनि खोल्ने निर्णय गरिएको हो।
3
Shares

प्रतिक्रिया