राजनीति


राजपा र समाजवादी पार्टीका नेताहरुको संविधान संशोधन विधेयक संसदमा दर्ता

राजपा र समाजवादी पार्टीका नेताहरुको संविधान संशोधन विधेयक संसदमा दर्ता

नेपालखबर
जेठ १९, २०७७ सोमबार १२:१५,

संविधान संशोधनको माग गर्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले सोमबार संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

राजपा र समाजवादी पार्टीका नेताहरु शुक्रबार संशोधन दर्ता गराउन संसद सचिवालय सिंहदबार पुगे पनि दर्ता भएको थिएन।

आइतबार राजपाले समाजवादी पार्टीसँग छलफल गरेपछि सोमबार साँझ गैरसरकारी विधेयक दर्ता भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले नेपालखबरलाई जानकारी दिए।

‘उहाँहरुले ल्याएको संविधान संशोधन विधेयक गैरसरकारी विधेयकको रुपमा आज साँझ ५ः३० मा दर्ता भएको छ।’

विधेयकको प्रस्तुतकर्तामा लक्ष्मण लाल कर्ण र राजेन्द्र श्रेष्ठ रहेको राजपाका नेता केशव झाले जानकारी दिए । सरकारले नयाँ नक्सा अनुरूप निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक अगाडि बढाएलगत्तै समाजवादी र राजपाले पुरानो संविधान संशोधनको माग अघि सारेर संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

यसअघि २०७४ साल बैशाख ११ गते तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारमा उक्त विधेयक दर्ता भएपनि दुईतिहाई नपुगेकाले संशोधन हुन पाएको थिएन ।

amendment-1.jpg

amendment-2.jpg

amendment-3.jpg

amendment-4.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad