समाज


संस्थापक मुल्लाह उमरका छोरा तालिबान समूहको नेतृत्वमा

संस्थापक मुल्लाह उमरका छोरा तालिबान समूहको नेतृत्वमा

नेपालखबर
जेठ १९, २०७७ सोमबार १२:२१,

समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम नेतृत्व हस्तान्तरण गरिएको हो।

अफगान स्रोतका अनुसार तालिबानका कतिपय बरिष्ट सदस्यहरु कोरोना भाइरसका कारण बिरामी परेका कारणले पनि याकूबलाई नेतृत्व दिइएको हो।

अफगानिस्तानका पूर्व राष्ट्रिय गुप्तचर विभागका प्रमुख रहमतुल्लाह नबिलले हाल मुल्लाह याकूबले तालिबान आन्दोलनको नेतृत्व गरिरहेको दाबी गरेका छन्।

उनले समूहको कतारको दोहास्थित कार्यालयका कतिपय सदस्यहरु कोरोना भाइरस संक्रमित भएका र उनीहरु पाकिस्तान फर्किएको पनि बताए।

गत फेब्रुअरीमा तालिबानसँग अमेरिकाले गरेको सम्झौताको कार्यान्वयन तथा अफगान सरकारसँगको वार्ताको महत्वपूर्ण क्षणमै तालिबान समूहको नेतृत्वमा संकट उत्पन्न भएको छ।

तालिबान समूहको उच्च नेतृत्वमा कुनै किसिमको विभाजन र असहमति देखा परे कमजोर अफगान शान्तिवार्ता नै धरापमा पर्न सक्ने आँकलन गरिएको छ।

अमेरिकाले तालिबानसँगको सम्झौता बमोजिम आफ्ना सैनिक फिर्ता गर्न थालको भए पनि तालिबान र अफगान सरकारबीच शान्तिवार्ता शुरु हुन सकेको छैन।

विदेशी समाचार संस्थाका अनुसार ओमरका मुख्य सहयोगी एवं महत्वपूर्ण तालिबान नेता हैबातुल्लाह अखुनजादा केही हप्तादेखि कुनै पनि बैठकहरुमा देखा परेका छैनन्।

उनको स्थानमा हक्कानी नेटवर्ककका सिराजुद्दीन हक्कानीले गरिरहेका छन्। यो समूहको सम्बन्ध पाकिस्तानस्थित इस्लामिक स्टेटको अलकायदा समूहसँग सम्पर्क रहेको मानिन्छ।

इस्लामिक स्टेटको चाहना तालिबानसँग हक्कानी नेटवर्कको सम्पर्क टुटाएर पुनः अतिवादी जिहादी क्रियाकलाप शुरु गर्नु हो। नबिलका अनुसार तालिबानको राजनीतिक कार्यालयमा परिवर्तन हुनेक्रम जारी रहेको छ।

पछिल्लो समय मुल्लाह याकूब पनि तालिबानको शीर्ष नेतृत्व सम्हाल्ने गरी तयारी गरिरहेका थिए। उनका बुबा मुल्लाह ओमरको सन् २०१५ मा निधन भएको थियो।

याकूबलाई सन् २०१६ मा अफगानिस्तानका ३४ मध्ये १५ वटा प्रान्तको सैनिक आयोगको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो।

तालिबान समूहले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासनसत्ता सम्हालेको थियो। तर सन् २००१ मा अफगानिस्तानमा लुकेर बसेका ओसामा बिन लादेनले अमेरिकामा भिषण हमला गरेपछि प्रतिशोधमा अफगानिस्तानमाथि अमेरिकाले आक्रमण गरी तालिबानलाई सत्ताच्यूत गरेको थियो।

तालिबान समूहले त्यसयता अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad