राजनीति


शैक्षिक संस्था तत्काल खुल्दैनन् : शिक्षामन्त्री

शैक्षिक संस्था तत्काल खुल्दैनन् : शिक्षामन्त्री

नेपालखबर
जेठ १८, २०७७ आइतबार १३:३१,

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक संस्थाहरु तत्काल नखुल्ने प्रस्ट पारेका छन्।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्री पोखरेलले शैक्षिक संस्था उच्चस्तरीय समन्वय समितिको सिफारिस र मन्त्रिपरिषदको निर्णयपछि मात्रै खुल्ने बताएका हुन्।

‘नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिस र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मात्र शैक्षिक संस्था पुनः सञ्चालन हुने व्यहोरा पुनः एकपटक सबैमा स्मरण गराउन चाहान्छु’, विज्ञप्तिमा भनिएको छ। निजी विद्यालयले यही जेठ २२ गतेबाट भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्। यसबारे भने मन्त्री पोखरेलले केही बताएका छैनन्।

 उनले कोरोना भाइरस महामारीका कारणबाट स्थगन भएका विद्यालय तहका परीक्षाहरूका सम्बन्धमा महामारीको फैलावट समेतलाई ध्यानमा राखी निकट भविष्यमा उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिरहेको जानकारी दिएका छन्। त्यस्तै उच्च शिक्षाको पठन पाठन र परीक्षाको सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको नेतृत्वमा एक कार्यदलले काम गरिरहेको समेत उनले जानकारी दिए।

 कोरोनाको महामारीका कारण एसईई, कक्षा ११ र १२ र विश्वविद्यालयहरुका विभिन्न तहका परीक्षाहरु स्थगित भएका छन्।

त्यस्तै शिक्षा मन्त्रालयले कोरोनाका कारण लामो समयसम्म पढाइ अवरुद्ध भएको कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न सिकाइ निर्देशिका समेत जारी गरेको छ।

‘लामो समयसम्म पढाइ अवरुद्ध भएको कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नु अपरिहार्य रहेको सन्दर्भमा विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७’ जारी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।’

सो निर्देशका असार १ गतेबाट कार्यान्वयन आउने मन्त्री पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad