राजनीति


संविधान संशोधन प्रकरण : पार्टीलाई आरोपित गरेकोमा कांग्रेसको आपत्ति

संविधान संशोधन प्रकरण : पार्टीलाई आरोपित गरेकोमा कांग्रेसको आपत्ति

नेपालखबर
जेठ १४, २०७७ बुधबार १४:४,

संसदको प्रतिनिधि सभाले बुधबारको आफ्नो कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जेठ १४ गतेको बैठकको सूचना र संभावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको बताएका छन्।

‘संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरु एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नेतर्फ लाग्नुभन्दा संभावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यसबारेमा आरोपित गर्न खोज्ने कार्यलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दल यस्तो प्रवृत्तिको निन्दा गर्दै गम्भीर राष्ट्रिय एकताको भावना साथ कार्य गर्न सरकारसँग आग्रह गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad