नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपमा प्रकाशित सूचनामा भन्दा बढी ब्याजदर नदिन बैंकहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले आज सर्कुलर जारी गरी संस्थागत मुद्दतीमा बैंक तथा वित्तीय संस्थाले प्रकाशित ब्याज दर भन्दा बढी ब्याजदर दिन नपाउने व्यवस्था गरेको हो।
राष्ट्र बैंकको सर्कुलर अनुसार यस अघि कल डिपोजिटमा प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाइने व्यवस्था रहेकोमा अब संस्थागत मुद्दती निक्षेपमा पनि प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाउने व्यवस्था गरिएकाे छ।

प्रतिक्रिया