समाज


रुकुम घटनाका दोषीलाई कारवाही गर्न कानून व्यवसायीकाे माग

रुकुम घटनाका दोषीलाई कारवाही गर्न कानून व्यवसायीकाे माग

नेपालखबर
जेठ १४, २०७७ बुधबार १३:५२,

संवैधानिक कानून व्यवसायी मञ्चले अन्तरजातीय प्रेम विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ।

संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष राजुप्रसाद चापागाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा गृहमन्त्रालयले छानबिन समिति गठन गरेको परिप्रेक्ष्यमा उक्त जघन्य घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी हत्या, कुटपिट, जातीय भेदभावलगायत कसुरमा संलग्नलाई फौज्दारी दण्डको भागिदार बनाउन माग गरिएको छ।

दोषीलाई सजायका साथै पीडितलाई पर्याप्त क्षतिपूर्ति दिलाई जातीयताको जरियाबाट उठेका कुनै पनि आपराधिक घटनाप्रति राज्यको शून्य सहनशीलतालाई व्याहारिकरुपमा पुष्टि गर्न मञ्चले माग गरेको छ।

घटनामा नेपालको संविधान एवं जातीय विभेदविरुद्धको महासन्धिले छुवाछूत तथा जातीय भेदभावलाई निषेध गरेको एवं जातीय भेदभाव तथा छुवाछूत ऐनअनुसार आपराधिक कार्य भएको जनाइएको छ।
सो घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता छन्। केही व्यक्तिहरु घाइतेसमेत भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad