राजनीति


सार्वजनिक सरोकारका विषयमा छानबिन अघि बढाउन लेखा समितिलाई आग्रह

सार्वजनिक सरोकारका विषयमा छानबिन अघि बढाउन लेखा समितिलाई आग्रह

नेपालखबर
असार २३, २०८३ मंगलबार १५:९, काठमाडौँ

सांसदहरूले सार्वजानिक लेखा समितिलाई आर्थिक अनुशासन कायम गर्न सक्रिय बन्न सुझाव दिएका छन्।

मंगलबार बसेको समितिको बैठकमा सांसदहरूले बेरुजु फर्स्यौट, राहदानी खरिद प्रकरणको अध्ययन गर्न तथा सार्वजनिक सरोकारका विषयमा प्रभावकारी छानबिन अघि बढाउन आग्रह गरेका हुन्। 

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले समितिको पहिलो प्राथमिकता बेरुजु फर्स्यौट हुनुपर्नेमा जोड दिए। उनले एक–दुई हप्ताभित्रै बेरुजु फर्स्यौट गर्नेगरी स्पष्ट कार्यतालिका बनाउन आग्रह गरे।

उनले समितिमा उजुरी प्राप्त भएका मात्रै नभई सार्वजनिक महत्वका अन्य विषयलाई पनि समितिले छलफलको विषयवस्तु बनाउनुपर्ने बताए।

समितिले आफैँले देखेका अनियमितता र शंकास्पद विषयलाई समेत तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad