नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४, तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रक र भ्यान ठोक्ँिकदा १० यात्रु घाइते भएका छन्।
मंगलबार बुटवलबाट काठमाडौँ जाँदै गरेको बा. प्र. ०८-००१ ज ००९४ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना. ६ ख ३४६० नम्बरको ट्रक एक-आपसमा ठोक्किएका हुन्। दुर्घटनामा १० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) ले जनाएको छ।
घाइते हुनेमा काठमाडौँ महानगरपालिका-१० कपनका ३३ वर्षीय बद्री मगर, स्वयम्भूका २५ वर्षीय नेत्रलाल नेवा, भारतको बैंगलोरका ६५ वर्षीय जगदिश बीएल, चितवनको कालिका नगरपालिका-३ पदमपुरक ६५ वर्षीया यनु मगर, रुपन्देहीको बुटवल उपमहानगरपालिका-४ अमरपथका ४० वर्षीय रुप गुरुङ र माईक्रोबसका सहचालक ३५ वर्षीय गोविन्द थापा छन्।
यस्तै, माईक्रोबस चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ ढवाहका ४४ वर्षीय कृष्ण थापा, गुल्मीको इस्मा गाउँपालिका-६ का २१ वर्षीय किरण मुखिया, भारतको बैंगलोरका ६१ वर्षीय नन्जुण्डे गोडा र रुपन्देहीको बुटवल उपमहानगरपालिका-१७ का २८ वर्षीय प्रकाश भट्टराई घाइते भएका छन्।
घाइतेमध्ये चार जनालाई थप उपचारका लागि भलुहीस्थित देवदह मेडिकल कलेज रिफर गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
ट्रक चालक मकवानपुरको थाहा नगरपालिका-११ का ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया