नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य अशोककुमार यादव र उनको परिवारमाथि स्थानीय प्रहरीले गरेको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार नेकपाले प्रेस विज्ञप्ति जारी गरी ट्र्याक्टर र ट्रकबीच भएको सामान्य सवारी दुर्घटनालाई लिएर प्रहरीले यादवको घर तथा गाउँमा बारम्बार छापा मार्ने, परिवारलाई त्रसित बनाउने तथा अतिरञ्जित ढंगले मुद्दा अघि बढाउने प्रयास गरेको आरोप लगाएको छ। नेकपाले यस्ता गतिविधिको विरोध तथा भत्र्सना गरेको छ।
घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्नेमा घटनालाई अनावश्यक रूपमा उचालेर नियोजित ढंगले आरोप लगाउने तथा परिवारलाई दुःख दिने कार्य नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। प्रहरी प्रशासनसँग उक्त घटनाको कानुनसम्मत, निष्पक्ष र पूर्वाग्रहविहीन अनुसन्धान गर्न माग गर्दै अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि नेकपाले जनाएको छ।
नेकपाका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले जारी गरेको विज्ञिप्तमा अनावश्यक दुःख नदिन आग्रह गरिएको छ। यादव सर्लाहीका बासिन्दा हुन्।
Shares

प्रतिक्रिया