आमा रोश्नीको त्यो अधुरो १७ नम्बर, जसलाई पूरा गर्ने दौडमा छिन् हङकङकी दीपमाला

उत्कृष्ट २४ मा अटाएकी ढकाल, साउन १६ ले गर्नेछ ‘मिस नेपाल २०२६’ को फैसला
आमा रोश्नीको त्यो अधुरो १७ नम्बर, जसलाई पूरा गर्ने दौडमा छिन् हङकङकी दीपमाला

नेपालखबर
असार २२, २०८३ सोमबार १५:३०, काठमाडौँ

‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना अन्तिम प्रतिस्पर्धी घोषणा भइसकेको छ। जुन सूचिभित्र छिन्- हङकङकी दीपमाला ढकाल।

दीपमाला मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता हुन्। जसकारण मिस नेपालमा उनले सिधै प्रवेश पाइन्। साथै, उनी मिस नेपालमा छनोट हुने पहिलो प्रतिस्पर्धी समेत हुन्।

टप २४ घोषणा गरेसँगै प्रतियोगी अंकसमेत वितरण गरिएको थियो। जसमा दीपमालाको भागमा पर्‍यो- १७ नम्बर। यो नम्बरसँग उनको गहिरो सम्बन्ध जोडिएको छ।

सन् १९९४ मा जब नेपालमा पहिलो पटक मिस नेपाल आयोजना भयो, तब उनकी आमाले त्यस प्रतियोगितामा भाग लिएकी थिइन्। जहाँ उनको प्रतिपर्धी नम्बर १७ नै थियो।

त्यतिबेलाको ‘मिस नेपाल’ ताज भने रुबी राणाले पहिरिइन्। आमाको त्यही अधुरो सपनालाई पछ्याउँदै दीपमाला मिस नेपाल बन्ने दौडमा लागिरहेकी छिन्।

यो नम्बर पाएसँगै उनले खुसी र भावुक हुँदै सामाजिक सञ्जालमा लेख्छिन्, ‘मैले नम्बर १७ रोजेकी होइन, बरु नम्बर १७ ले मलाई रोज्यो। यो नम्बर हाम्रा उत्कृष्ट मिस नेपालहरू प्रियंका रानी जोशी र सृच्छा प्रधानको मात्र होइन, सन् १९९४ मा भएको पहिलो मिस नेपाल प्रतियोगितामा मेरी आमा (मेरो जीवनकी सबैभन्दा प्रेरणादायी महिला) को पनि प्रतिस्पर्धी नम्बर थियो। मैले रोज्न सक्ने अनेकौँ नम्बरमध्ये यो नम्बर पाउनु कुनै संयोग मात्र होइन, नियतिको खेल जस्तो लाग्छ।’

३३ वर्षपछि उही संस्था र उही मञ्चमा उही नम्बर लिएर उभिन पाउनु साच्चै विशेष रहेको उनको भनाइ छ।

यतिखेर ‘मिस नेपाल’ सबटाइटल राउन्डहरू भइरहेका छन्। जसमा दीपमालाले राम्रो प्रस्तुति देखाइरहेकी छिन्। केहीदिन अघि यस प्रतियोगिताको महत्त्वपूर्ण मानिने स्विमिङ सुट गरिएको थियो। जहाँ दीपमाला रेड ड्रेसमा र्‍याम्पमा देखा परिन्। उनी निकै फिट, बोल्ड र कन्फिडेन्ट देखिइन्।

मिस नेपाल २०२६ को ग्रान्ड फिनाले १६ साउन, शनिबार पुल्चोकस्थित द प्लाजामा आयोजना गरिनेछ। प्रतियोगिताको लागि भोटिङ खुला भइसकेको छ।

विशेषगरी, दर्शकले भोटमार्फत् आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई टप १३ सहित मिस पपुलर च्वाइस अवार्ड जिताउन सक्नेछन्। मिस पपुलर च्वाइसतर्फ हिँड्न ट्रेजरले अघिल्लो एक साताको टप ५ भोटिङ लिडरबोर्ड सार्वजनिक गरेको छ। जसमा दीपमाला तेस्रो स्थानमा छिन्।

‘फाइनान्स एन्ड इकोनोमिक्स’ विषयमा स्नातक गरेकी दीपमालाले विश्व विश्वविख्यात ‘ब्ल्याकरक’ जस्तो कम्पनीमा काम गरिसकेकी छिन्। तर, आमाको अधुरो सपना पछ्याउदै ‘ब्ल्याकरक’ को जागिर छोडेर दीपमाला मिस नेपाल बन्नकै लागि नेपालमा छिन्। फाइनान्सबाहेक दीपमाला तेक्वान्दो खेलाडी र म्याराथन धाविका समेत हुन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .