खेल


५ पटकको विश्व विजेता ब्राजिल जब हालान्डको नर्वेसँग हारेर घर फर्कियो (तस्बिरहरू)

५ पटकको विश्व विजेता ब्राजिल जब हालान्डको नर्वेसँग हारेर घर फर्कियो (तस्बिरहरू)

नेपालखबर
असार २२, २०८३ सोमबार १४:२९, काठमाडौँ

पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकमा नर्वेसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ। 

अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा गएराति भएको खेलमा विश्व च्याम्पियन मानिएको ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

चौथोपटक विश्वकप खेलेको नर्वेले इतिहास रच्दै पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो। 

पाँचपटकको विश्वविजेता ब्राजिल ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ। यसअघि ब्राजित सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो। 

नर्वेका लागि हालान्डले दोस्रो हाफको अन्तिममा दुई गोल गरेर देशका लागि इतिहास रचेका छन्। 

हालान्डले ७९औँ मिनेटमा पहिलो गोल र ९०औँ मिनेटमा दोस्रो गोल गरे।  

ब्राजिलका लागि नेमनारले इन्जुरी समयको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपछि खेल २१ को अन्तरमा टुंगियो। 

नर्वेले अब मेक्सिको र इंग्ल्यान्डबीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्नेछ।

यसअघि विश्वकपमा ब्राजिल र नर्वेले ४ वटा ऐतिहासिक खेल खेलेका थिए। जसमा नर्वेले २ वटा जित र २ बराबरीसहित अपराजित इतिहास बनाएको थियो। 

यी दुई टोलीले विश्वकपमा पछिल्लोपटक सन् १९९८ मा खेलेका थिए। जहाँ नर्वेले २–१ को ‘कमब्याक’ जित हात पारेको थियो। 

ब्राजिलले समूह चरणको खेल स्कटल्यान्ड र हाइटीविरुद्ध जित तथा मोरक्कोसँग बराबरी खेलेको थियो। अन्तिम ३२ मा जापानविरुद्ध १ गोलले पछि परेको अवस्थाबाट २–१ को जित निकालेको थियो। 

अहिलेसम्म विश्वकपमा नर्वेले गरेका १२ गोलमध्ये सातवटामा उनकै योगदान छ। जुन २५ वर्षीय उनको पहिलो विश्वकपमा उल्लेखनीय सफलता हो। 

हेर्नुहोस् थप तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad