राजनीति


कर्णाली दुर्घटना: रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ

कर्णाली दुर्घटना: रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ

नेपालखबर
असार २२, २०८३ सोमबार १३:३१, काठमाडौँ

पाँच दिनअघि कर्णालीमा भएको गाडी दुर्घटना र त्यसको उद्धारमा भएको ढिलाईप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदलेसमेत गृहमन्त्री सुधन गुरुङसँग जवाफ माग गरेका छन्।

सोमबार प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद् रमेश प्रसाईं कर्णाली दुर्घटनाप्रति सभामुखको ध्यानाकर्षण गराए। राप्रपाका ज्ञानेन्द्र शाहीसहितका सांसद्ले कर्णाली दुर्घटनाप्रति राज्य उदासिन देखिएको भन्दै आलोचना गरेपछि प्रसाइँले पनि गृहमन्त्रीको जबाफ मागेका हुन्।

‘हालसालै कर्णालीमाजुन दुर्घटना भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन?’ प्रसाईंले भने, ‘के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरबाही भएको साँचो हो? यो विषयमा म गृहमन्त्रीसँग जवाफ गर्छु। सभामुखले यसमा गुलिङ गर्नुपर्यो।’ 

भविष्यमा कर्णाली राजमार्गम यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के के छन् भन्ने प्रश्न पनि गरे। 

नागरिकको जीवनसँग जोडिएको विषयमा आफूहरू सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठ्नुपर्छ भन्दै उनले सभामुखलाई समेत तत्काल रुलिङ गर्न माग गरे।

धेरै सांसद्ले कर्णाली घटनासहित देशका विभिन्न ठाउँमा भएका विभिन्न घटनाप्रति ध्यानाकर्षण गराएपछि सभामुख डोलप्रसाद अर्यालले पनि सरकारसँग जबाफ माग गरेका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad