स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै एक एक हप्ताको आलोपालोमा ड्युटी सिफ्ट मिलाउन अस्पतालहरुलाई परिपत्र गरेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले मंगलबार सर्कुलर गरी एक हप्तामा एक टोली र अर्काे हप्ता अर्काे टाेलीले सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ।
‘हाल कोभिड–१९ रोकथाम गर्दा स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित हुन गइ सेवा प्रवाह निरन्तरता दिन कठिनाई हुन सक्ने हुँदा सबै अस्पतालहरुले उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलो पालो ड्युटी लगाई (एउटा टोली एक हप्ता, अर्को टोली अर्को हप्ता) सेवा निरन्तरताको सुनिश्चितता गर्न’ परिपत्रमा भनिएको छ।
3
Shares

प्रतिक्रिया