कारोबार


जीडब्लुएम ओरा ५ ले जित्यो लन्डन डिजाइन अवार्ड्स

जीडब्लुएम ओरा ५ ले जित्यो लन्डन डिजाइन अवार्ड्स

नेपालखबर
असार १७, २०८३ बुधबार १७:३८, काठमाडौँ

जीडब्लुएमको नयाँ विद्युतीय एसयूभी ओरा ५ ले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हासिल गरेको छ। 

जीडब्लुएमको पूर्ण विद्युतीय मोडेल ओरा ५ ले प्रतिष्ठित २०२५ लन्डन डिजाइन अवार्ड्सअन्तर्गत प्रोडक्ट डिजाइन – अटोमोबाइल्स/भेहिकल्स विधामा "डिजाइन अफ द इयर" उपाधि जितेको हो। 

यो सम्मानले ओरा ५ को आकर्षक बाह्य स्वरूप मात्र होइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रतिको जीडब्लुएम को दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको कम्पनीको दाबी छ।

प्राकृतिक सौन्दर्यको अवधारणामा आधारित ओरा ५ ले प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित भन्ने मूल सोचलाई आत्मसात् गर्दै जैविक प्रेरणाबाट विकसित बाह्य बनावट, आकर्षक वक्राकार संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्तीमार्फत आधुनिक सौन्दर्य र प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ। 

यसमा कफी पाइलट अल्ट्रा बुद्धिमान ड्राइभिङ प्रणाली, कफी ओएस ३ स्मार्ट ककपिट, उच्च बलियो स्टिल संरचना, ७ वटा एयरब्याग तथा अन्तर्राष्ट्रिय पाँच-तारे एएनक्याप र पाँच-तारे युरो एनक्याप सुरक्षा मूल्याङ्कन प्राप्त सुरक्षा प्रणाली समावेश गरिएको छ।

ओरा ५ ले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको यात्रा क्षमता, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली (एड्यास), ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस दृश्य क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ तथा प्रिमियम इन्टेरियरसहित आधुनिक र सुरक्षित विद्युतीय ड्राइभिङ अनुभव प्रदान गर्दछ। यसको विशेष प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।

नेपालमा सार्वजनिक भएको छोटो अवधिमै ओरा ५ ले आफ्नो आकर्षक डिजाइन, आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम विशेषताका कारण अटोमोबाइल बजार र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्न सफल भएको छ। ग्राहक, अटोमोबाइल पारखी तथा उद्योगसँग सम्बन्धित व्यक्तिहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले ओरा ५ लाई नेपाली विद्युतीय सवारी बजारको बहुप्रतीक्षित तथा चर्चित मोडेलका रूपमा स्थापित गरिरहेको छ।

नेपालका लागि जीडब्लुएम का आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले विश्वस्तरीय विद्युतीय सवारी नेपाली ग्राहकसमक्ष ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै निकट भविष्यमै हावल जलियन म्याक्स ईभी तथा हावल एच७ समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। 

यी नयाँ मोडेलहरूको आगमनसँगै जीडब्लुएम ले नेपालमा आफ्नो विद्युतीय तथा स्मार्ट एसयूभी पोर्टफोलियोलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको तथा १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको जीडब्लुएम ले नवीन प्रविधि, उत्कृष्ट डिजाइन र उच्च सुरक्षा मापदण्डमार्फत नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad